जन्मदिनमा मछेली युवा समाजका अध्यक्ष धामीले गरे असहाय परिवारलाई खाद्यान्न सहयोग

कृष्णपुर: कञ्चनपुर जिल्लाको कष्णपुर नगरपालिका वडा नं. २ मा रहेको मछेली युवा समाजका अध्यक्ष भुवन धामीले बंकका एक असहाय, अपाङ्ग, गरिव परिवारलाई खाद्यान्न सामाग्री सहयोग गरेका छन्।

असहाय, अपाङ्ग वृद्ध वृद्धाहरुको लागि अहोरात्र सहयोग गर्ने भुवन धामी जो हरेक दुख मा परेकाहरु लाई साथ दिँदै आएका छन्। धामी वाणी बजार व्यवस्थापन समितिका सचिब समेत हुन। आफुले मेहनत गरि कमाएको रकमलाई थोरै भएपनी असहायहरुको जिवनमा ठूलो महत्त्व राख्ने अध्यक्ष धामीले बताएका छन्।

Facebook Comments Box