लालझाडी : लालझाडी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०।०८१ का लागि रु. ४६ करोड, ४४ लाख, ४९ हजार ८०० बराबरको बजेट विनियोजन गरेको छ । पालिकाका प्रमुख निर्मल रानाको अध्यक्षतामा बसेको गाउँसभाको १४ औं अधिवेशनमा उपाध्यक्ष सपना चौधरी रानाले बजेट प्रस्तुत गरेकी हुन ।
गाउँपालिकाका प्रत्येक वडालाई कम्तीमा पनि ४० लाखदेखि ५५ लाखसम्मको रकम विनियोजन गरिएको र कृषि, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, खानेपानी, सरसफाइ, स्वरोजगारमूलक उद्यमशीलता जस्ता क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको गाउँपालिकाका प्रवक्ता आशाराम रानाले बताउनु भएको छ ।
