जन्मदिनमा भण्डारीले गरे अनाथ बालबालिकाहरुलाई खाद्यान्न सहयोग; अनाथआश्रममै मनाए जन्मदिन!

कृष्णपुर: कञ्चनपुर कृष्णपुर नगरपालिका वडा नं. ५ मोहनाचोकमा रहेको श्री कृष्ण प्रणामी सेवाधाम अनाथ आश्रममा कृष्णपुर-५ निवासी नागरिक सुशासन समाज कञ्चनपुरका अध्यक्ष, समाजसेवी, खेलाडी एवं कृष्णपुर नगरपालिकामा कार्यरत गणेश भण्डारीले खाद्यान्न, आर्थिक सहयोग गर्दै आफ्नो जन्मदिन अनाथआश्रमका बालबालिकाहरु संगै खुशी साट्दै मनाएका छन्।

भण्डारीले सेवाधाम अनाथआश्रमका मिरा माता लाई सहयोग हस्तान्तरण गरेका हुन् । श्री कृष्ण प्रणामी सेवाधाम अनाथआश्रममा ७ जना अनाथबालबालिकाहरु रहेका छन्। आफ्नो जन्मदिन यसरी असहाय बालबालिकाहरु संग मनाउन पाउँदा निक्कै खुशी भएको भण्डारीले बताएका छन्।

जन्मदिनको अबसरमा अनाथआश्रमका बालबालिकाहरु, आफ्ना साथिभाईहरु र शुभचिन्तकहरुमाझ यसरी ३२ औं जन्मदिनको केक काटेर, टीका लगाएर विशेष तरिकाले जन्मदिन मनाएका भण्डारीले भने”निरन्तर यसरी नै सहयोग गर्ने पाउ, यो अनाथआश्रमका बालबालिकाहरुलाई आफ्नो तलब सुविधाबाट मासिक रुपमा थोरै अलिकति भएपनि सकिने सहयोग गर्नेछु”।

पछिल्लो समय युवाहरु आफ्नो जन्मदिनमा मदिरा पार्टी दिएर महङ्गो होटलमा बसेर रमाईलो गरिरहेको अवस्थामा आफुले भने यसरी अनाथआश्रममा सहयोग संगै अनाथ बालबालिका हरु संग यसरी जन्मदिन मनाउदा समाज र कृष्णपुरका युवाहरु मा सकारात्मक सन्देश जानसक्ने भण्डारीले बताएका छन्।

Facebook Comments Box