लालझाडी गाउँपालिकामा निशुल्क स्वास्थ्य चेकजाँच शिविर; गाउँघरमै विशेषज्ञ स्वास्थ्य सेवा पाउदै नागरिकहरु!

कञ्चनपुर: जिल्लाकै ग्रामीण भेगमा रहेको लालझाडी गाउँपालिकाले आफ्ना स्थानिय नागरिहरुको स्वास्थ्य सुविधालाई ध्यानमा राख्दै निशुल्क एकीकृत विशेषज्ञ स्वास्थ्य शिविरको आयोजना गरेको छ। निसर्ग हस्पिटल धनगढीसंगको सहकार्यमा लालझाडी गाउँपालिका स्वास्थ्य शाखा को आयोजनामा यो शिविर सञ्चालन गरिएको छ।

लालझाडी गाउँपालिका वडा नं. २ कञ्जमा रहेको श्री भानु मा.वि को प्राङ्गणमा स्वास्थ्य शिविर सञ्चालन भएको छ। विशेषज्ञ स्वास्थ्य शिविरमा सामन्य चिकित्सा, जनरल फिजिसियन, स्त्री तथा प्रस्तुति रोग, जनरल सर्जन, हाड जोर्नी, मानसिक रोगहरुको स्वास्थ्य परिक्षण तथा परामर्श र रोगको प्रकृति अनुसार चिकित्सकको सिफारिसमा निशुल्क औषधि वितरण हुने, आवश्यकता अनुसार ल्याव स्वास्थ्य शिविरमा शल्यक्रियाका लागि सिफारिस भएका हरेक विरामीलाई ल्याव र अप्रेसनमा विशेष छुटको व्यवस्था रहेको स्वास्थ्य शाखा प्रमुख खगेन्द्र चौधरीले बताएका छन्।

विशेषज्ञ स्वास्थ्य शिविरबाट लालझाडीका स्थानियले स्वास्थ्य सुविधा पाएका र उपचार चेकजाँचमा सहज भएको लालझाडी गाउँपालिका का अध्यक्ष निर्मल रानाले बताएका छ्न्।

Facebook Comments Box