कञ्चनपुर: कृष्णपुर नगरपालिकाको आयोजनामा भोलि दिउँसो ३ बजे कृष्णपुर नगरपालिकाको सभाहल ,गुलरिया मा नेपाल सरकारका भुमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठ चौधरीको प्रमुख आतिथ्यतामा जग्गाधनी पुर्जा हस्तान्तरण तथा वितरण कार्यक्रम हुने भएको कृष्णपुर नगरपालिका नगर प्रमुखको सचिवालयले जनाएको छ।
कृष्णपुर नगर पालिकाको प्राङ्गणमा वार्ड न. ७ का जग्गा धनीहरुलाई प्रमाण पुर्जा हस्तान्तरण र बितरण कार्यक्रम रहेको र जग्गा भोग गरिरहेका तर जग्गा धनी प्रमाण पुर्जा नभएका सम्पुर्ण कृष्णपुर बासीदाजु भाइ दिदीबहिनीलाई हाम्रै पालामा जग्गा धनी बनाउन कृष्णपुर नगर पालिका प्रतिवद्ध छ। सबैको साथ र सहयोगको अपेक्षा गर्दछौ।” नगर प्रमुख ओझाले आफ्नो समाजिक सञ्जाल मार्फत बताएका छन्।