कृष्णपुरका जनताले पाए वर्षौंपछि लालपुर्जा; जग्गा धनी प्रमाण पुर्जा पाएपछी नागरिक उत्साहित!

कञ्चनपुर: कृष्णपुर नगरपालिकाको आयोजनामा राष्ट्रिय भुमी आयोग कन्चनपुरले विगतका आयोग समिति कार्यदलले बाँकी काम सम्पन्न गर्ने कार्यविधि २०७८ बमोजिम तयार गरिएका जग्गाधनी पुर्जा आज नेपाल सरकारका भुमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री माननीय रन्जिता श्रेष्ठ चौधरीको प्रमुख आतिथ्यतामा कृष्णपुरका जनताहरुलाई हस्तान्तरण गरिएको छ।

नगरप्रमुख हेमराज ओझाको अध्यक्षतामा सम्पन्न जग्गाधनी पुर्जा हस्तान्तरण कार्यक्रममा वडा नं. ७ का ६५ जनालाई वितरण गरिएको छ । नगरप्रमुख हेमराज ओझाले भुमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री माननीय रन्जिता श्रेष्ठ चौधरीलाई भुमिहिन दलित,भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीका लागि जुन जग्गाधनी पुर्जा तयार हुँदैछन् त्यसको राजस्व असाध्यै बढी भएको र नागरिकले त्यति महंगो राजस्व तिरेर जग्गाधनी पुर्जा लिन सक्ने अवस्था नगरेको भन्दै यसबारेमा पुनर्विचार गर्न आग्रह गरेका छन्।

नगरप्रमुख ओझाले यो सुरुवात मात्रै भएको र आगामी दिनमा जग्गाधनी पुर्जा वितरणको कामलाई तिब्रता दिने प्रतिबद्धता व्यक्त गरेका छन्। त्यस्तै आफू मन्त्री भएको बेला कञ्चनपुरका जनतालाई लालपुर्जा दिन पाउँदा निकै खुशी भएको भुमी मन्त्री रन्जिता श्रेष्ठले बताएकी छिन्।

आफ्नो वडाका नगरिकहरुलाई लालपुर्जा मिल्दा आफू पनि निकै खुशी भएको वडा न ७ का वडा अध्यक्ष घुम्मन रानाले बताएका छन्। अब लालपुर्जा मिलेसंगै छुट्टै अनुभुति भएको स्थानीय नागरिकहरुले बताएका छन्।

Facebook Comments Box