शुक्लाफाटा-१२ का जनताको चिन्ता; बाढी आउदा कसरी बच्ने? टुटेको झोलुङ्गे पुलबाट नै देखियो बढी जोखिम !

कञ्चनपुर: कञ्चनपुर जिल्लाको शुक्लाफाटा नगरपालिका वडा नं. १२ मा रहेको झोलुङ्गे पुल पोहोर सालको बाढीले भत्काएर अस्तव्यस्त बनाएको एकबर्ष पुगेको छ तर अझै पुल निर्माण हुन सकेको छैन। शुक्लाफाटा-१२ का स्थानीय लगायत कृष्णपुर-२,३, लालझाडी-४,५ र बेलौरी बेल्डाडी समेतका नागरिकहरुलाई आवतजावतमा सहज हुने अतिआवश्यक यो झोलुङ्गे पुल अहिले नहुदा स्थानीयहरु लाई एकदमै कठिनाइ भएको छ। खेत खोला वारि र घर पारी हुदा स्थानीयहरुलाई झनै समस्या भएको छ।

पुल अबरुद्ध भएको एक वर्ष भैसक्दा समेत स्थानिय सरकारले कुनै चासो नदेखाएको आफुहरुलाई भोट बैकका रुपमा मात्रै प्रयोग गरेको चित्रपुर/दुवाह आफैमा भौगोलिक रुपले त ग्रामीण नै छ तर जनप्रतिनिधिहरुले पनि खासै चासो नराखेको स्थानियहरुको गुनासो छ।

करिव २ करोडको लागतमा २०७४/७५ मा निर्माण भएको यो झोलुङ्गे पुल २०७९ को भिषण बाढीले टुटाएपछि हाल सम्मपनि लथालिङ्ग अवस्थामै छ। मछेली र बनहरा नदीको बिचमा रहेका चित्रपुरका स्थानिय बाढी आउदा भयावह अवस्था हुने बताउछन्।

दुवै तिर ठूलो खोला र त्यसमाथी अबरुद्ध अवस्थामा रहेको झोलुङ्गे पुलले झनै खतरा निम्त्याउने पो हो कि भन्ने चिन्ता छ स्थानीय बासिहरुलाइ खोलामा बाढी आउदा भत्केको पुलका खोलामै रहेकाले खोलाको पानी अवरुद्ध भई बस्तीमा पसी बस्ती नै डुवान हुनसक्ने खतरा रहेको स्थानीय बलदेव भट्टले बताएका छन्।

झोलुङ्गे पुललाई सुरक्षित राख्न तटबन्ध नहुनु नै पुल भत्किनुको मुख्य कारण रहेको स्थानीयहरु बताउँछन।

खोला क्षेत्रमा अवरुद्ध अवस्थामा रहेको पुललाई एकहप्ता भित्र हटाउने र बर्खायाम सकिए लगतै नयाँ झोलुङ्गे पुल निर्माण कार्यको सुरुवात हुने वडा अध्यक्ष नवल सिह रानाले बताएका छन्।

Facebook Comments Box