कञ्चनपुर: भोकालाई भोजन प्यासीलाई पानी भन्ने मुल मन्त्र सहित निरन्तर समाजिक सेवामा आवद्ध जय महाकाल युवा समुहले आज कञ्चनपुरको दक्षिणी भेगमा रहेको बेलौरी नगरपालिकामा औपचारिक ढंगले शाखा बिस्तार तथा नगर स्तरीय कमिटी गठन गरेको छ।
मदन बोहराको अध्यक्षतामा ९ सदस्य नगर कमिटी गठन भएको छ भने उपाध्यक्षमा धर्मेन्द्र गिरी, सचिब ईश्वर बहादुर चन्द, सह-सचिव हिमाल श्रेष्ठ, कोषाध्यक्ष पुष्कर सिह बुडाल, सदस्यमा क्रमश: रमेश रावल, दिपेन्द्र शाही, बिरेन्द्र हमाल, तेज थापा रहेका छन्।
मदन बोहराको अध्यक्षतामा सुरु भएको कार्यक्रममा प्रमुख अतिथी जिल्ला अध्यक्ष हर्क बोहरा, विशिष्ट अतिथी महासचिव हिक्मत भण्डारी”हाक्कु”, रोशन बोहरा लगायतको सहभागीता रहेको थियो।
अब जय महाकाल युवा समूह बेलौरी कमिटीले लागु औषध, भ्रष्टाचार र समाजका बेथिति बिरुद्धका कार्यक्रम गर्न अध्यक्ष बोहराले बताएका छन्।
त्यस्तै निरन्तर हामीले कुनै पनि काममा लागिरह्यो भने एक दिन सफल भईन्छ: जिल्ला अध्यक्ष हर्क बहादुर बोहराले बताएका छन् भने अझै पूरा जिल्लाभर नै सक्रिय युवालाई समेटेर कमिटी विस्तार गर्ने महासचिव हिक्मत भण्डारीले बताएका छन्।