कृष्णपुर: कञ्चनपुर कृष्णपुर नगरपालिका वडा नं. २ वाणी मुक्तकमैया र खल्लागोठ बस्ती जोड्ने पक्की पुलको निर्माण कार्य सम्पन्न भएसंगै नगर प्रमुख हेम राज ओझाले उद्घाटन गरेका छन्। अबदेखि यो पुल भएर स्थानीयले ओहोरदोहोर गर्ने सक्ने छन्।
कृष्णपुर नगरपालिका नगर कार्यपालिका को कार्यलय गुलरिया कञ्चनपुर बाट विनियोजित ५० लाख बजेट लागतमा स्थानिय धन बहादुर चौधरीको अध्यक्षतामा उपभोक्ता समिति मार्फत निर्माण सम्पन्न भएको यो पुलको गत चैत १३ गते नगर प्रमुख हेम राज ओझाबाट शिलान्यास गरिएको थियो।
विगतदेखि नै खल्लागोठका स्थानियहरुको आवतजावतमा निकै समस्या रहेको कुरालाई मध्यनगर गर्दै नगर प्रमुख ओझाले अति आवश्यक पुल निर्माण कार्य सम्पन्न गर्दा स्थानिय बासिन्दाहरु निकै उत्साहित देखिएका छन्।
बर्खायाममा बाढी आउदा आवतजावतमा निकै समस्या हुने, विद्यार्थीलाई स्कुल जान, स्थानियलाई घासदाउरा, बजार, मिल जान र विरामी हुदा एम्बुलेन्स सेवा पनि अवरुद्ध हुने समस्या अब हटेको स्थानिय बासिन्दाहरु बताउछन्।

कति पटक विरामी ल्याउन जादा आफू र एम्बुलेन्स पनि खोलामा फसेको र विरामीलाई उद्वार गर्ने नसकेर फर्किएको स्थानिय एम्बुलेन्स चालक वीर सिह रावलले बताएका छन् ।
यो पुल निर्माण गर्ने हामीलाई एकदमै चुनौती थियो, धेरै अवरोध थिए तर पनि हामीले निर्माण कार्य सम्पन्न गरेका छौं, यहाँहरुका समस्या हटाएका छौ: यो सबै खल्लागोठ बासी दाजुभाई तथा दिदीबहिनिहरु लगायत सम्पुर्ण स्थानियहरुको साथ र सहयोगबाट सम्भव भएको र अब आ.व ८०/८१ मा तटबन्ध सहित बेलकुन्डी शिविर जोड्ने पुल निर्माण गर्ने कुरा नगर प्रमुख हेम राज ओझाले बताएका छ्न्।
त्यस्तै रातदिन नभनी यो महत्त्वपूर्ण पुल निर्माण कार्य सम्पन्न गर्ने लागिपर्नु हुने उपभोक्ता समिती स्थानियहरुलाई हार्दिक धन्यवाद र यो पुल कृष्णपुर नगरपालिकाकै महत्त्वपूर्ण काम सप्पन्न भएकोमा खुशी छु, अझै यस्तै विकास निर्माणका कार्यमा आफुहरु लागिपर्ने नगर उप-प्रमुख द्रोपति रानाले बताएकी छिन्।
“अब यो पुल चुनावी एजेन्डा बन्ने छैन; हामीले गरेको यो कामको नमुना मात्रै हो; चुनावमा जनता संग गरेका बाचा क्रमश पूरा गर्दैछौ, हामी निर्वाचित भएको एकवर्ष मात्रै भएको छ; यो ट्रेलर हो पिक्चर अझै बाकी छ” वडा अध्यक्ष अर्जुन सिह साउदले बताएका छन्।
अब अलिकति आशा पलाएको छ; नगर प्रमुख, वडा अध्यक्ष लगायतको टिमलाई हामीले सहयोग गर्नुपर्छ; अझै वडा नं. २ मा विकास कार्य सम्पन्न हुनेछन्; वडा कै महत्त्वपूर्ण काम सम्पन्न भएको छ, वडाबासीलाई हार्दिक बधाई दिन चाहन्छु; समाजसेवी युवा रमेश राज भाटले बताएका छन्।