कञ्चनपुर: कृष्णपुरका नागरिकहरुलाई स्वास्थ्य सेवामा उल्लेखनीय सुधार प्रदान गर्ने प्रयासरत मेयर हेम राज ओझाले आज कृष्णपुर वडा नं. ७ मा निर्माणाधीन स्वास्थ्य केन्द्र र कृष्णपुर वडा नं. ८ मा निर्माणाधीन स्वास्थ्य प्रस्तुति गृहका साथै विणा मा.वि मा निर्माणाधीन भवनको अनुगमन गरेका छन्।
आफ्नो कार्यकाल भित्र स्वास्थ्य र शिक्षामा देखिने गरि विकास हुने नगर प्रमुख ओझाले बताएका छन्।
कृष्णपुर-७ मा निर्माणाधीन स्वास्थ्य चौकीको निर्माण कार्य लगभग सम्पन्न भईसकेको र अब निर्माण सम्पन्न पश्चात् स्थानीय जनताले घर गाउँ मै आधारभूत स्वास्थ्य सेवा पाउने वडा नं. ७ का अध्यक्ष घुम्मन रानाले बताएका छन्।
त्यस्तै कृष्णपुर-८ रैकवार विचवा स्वास्थ्य चौकी मा निर्माणाधिन प्रस्तुति गृह निर्माण पश्चात् यहाँका नागरिकले थप स्वास्थ्य सेवामा सहजता पाउने र स्थानिय स्तरमै प्रस्तुति गृहको स्वास्थ्य सेवा पाउँदा स्थानिय निकै खुशी हुने वडा नं. ८ का वडा अध्यक्ष दिनेश खड्काले बताएका छन्।