कञ्चनपुर: स्वास्थ्य कार्यलय कञ्चनपुर र शुक्लाफाटा नगरपालिकाको आयोजनामा शुक्लाफाटा ७ सिमलफाटामा रहेको श्री कृष्ण मा.वि को प्राङ्गणमा भोलि विहान साढे ९ बजे बाट विशेषज्ञ डाक्टरद्वारा निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ।
विशेषज्ञ स्वास्थ्य शिविरमा पाठेघरको क्यान्सर लगायतका नसर्ने रोग सम्बन्धि उपचार तथा परामर्श, ल्याव सेवा, स्वास्थ्य शिक्षा तथा परामर्श सेवा उपलब्ध हुने पिताम्वर स्वास्थ्य चौकीले जनाएको छ।
