कञ्चनपुर: आई.एम.ई लाईफ ईन्स्योरेन्स कम्पनी अतरिया शाखाले मृत्यु दावी भुक्तानी रकम हस्तान्तरण गरेको छ। आज गौरीगंगा नगरपालिका वडा नं. ९ का प्रस्तावक रंगा देवी बोहरा (७०८००१२०४ बिमित विमल बोहरा) र श्रीमान् गणेश बहादुर बोहरा लाई ११ लाख ३० हजार रकम बराबरको चेक हस्तान्तरण गरिएको छ।
स्व. प्रस्तावक रंगा देवी बोहराले २०७९ साल पौष १४ गते आई.एम.ई लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेड अतरिया शाखामा छोरा विमलको ५ लाख विमाङ्क रकमको बाल उज्वल विमा गराएकी थिईन र उनले एउटा प्रिमियम रु ३३ हजार ३ सय ६७ रुपैया मात्रै ईन्स्योरेन्स कम्पनीलाई बुझाएकी थिईन। माटोको ढिस्कोले पुरिएर २०८० साल जेठ २३ गते ३८ बर्षकै उमेरमा असमाहिक निधन भएकी रंगादेवीको परिवारले विमा जारी भएको छोटो समयमै विना कुनै झन्झट निवेदन दिएको आधार मै सहज तरिकाले घरमै आएर आई.एम.ई लाईफ ईन्स्योरेन्सले दावी भुक्तानी हस्तान्तरण गरेको मृतक प्रस्तावकका श्रीमान गणेश बहादुर बोहराले बताएका छन्।
कार्यक्रममा गौरीगंगा वडा नं. ९ का वडा सदस्य विनोद बोहरा, ईन्स्योरेन्स कम्पनीका सुदुरपश्चिम प्रदेश सुमन प्रसाद तिमिल्सिना, अतरिया शाखा प्रमुख लक्ष्मण महता लगायत एजेन्डा म्यानेजर जयन्ती भण्डारी, मैना कुमारी बोहरा, महामती कुमारी बोहरा र कमला विष्टको उपस्थिति रहेको थियो। हस्तान्तरण कार्यक्रममा प्रदेश प्रमुख तिमिल्सिना र वडा सदस्य बोहराले विमा गर्नुका फाईदाबारे आ-आफ्ना भनाई राखेका थिए। त्यस्तै विमा कम्पनीले विमित विमल बोहरालाई आम्दानी लाभ सुविधा वाफत सन २०२३/०६/२९ देखि लागू हुने गरि २०४०/११/२९ सम्म जम्मा विमाङ को १% ५ हजार(२१०) गरि १० लाख ५० हजार रकम दिने र विमा शुल्क मिनाह लाभ आरम्भ मिति सन २०२३/१३/२९ देखि २०३९/१०२९(१७ बर्ष)सम्म हुन आउने २४ हजार ९ सय ४१ रुपैया जम्मा ४ लाख ३२ हजार ९ सय ९७ रुपैया सम्पुर्ण विमा कम्पनी बेहोर्ने; ५ लाख बिमान्क रकम र बोनसको सुविधा समेत रहने र यस्तो सुविधा अन्य विमा कम्पनीमा नरहेको आई.एम.ई लाईफ ईन्स्योरेन्स अतरिया शाखा प्रमुख लक्ष्मण महताले बताएका छन्।