कृष्णपुर”बनहरा” मा ट्यांकरले ठक्कर दिदा ब्याउने भैंसी घाईते; बायाँ खुट्टा भाचियो!

कञ्चनपुर: कृष्णपुर नगरपालिका वडा नं. २ बनहरा पुल नजिक पुर्व बाट पश्चिम तर्फ गईरहेको ना.७.ख ३८५२ नम्बर को गणेश देउवाले चलाईरहेको नेपाल आयल निगम को तेल बोकेको ट्यांकरले स्थानीय बेलमती रावल को ब्याउने भैसीलाई ठक्कर दिदा ब्याउने भैसीको बायाँ खुट्टा भाचिएको छ।

भैसीलाई ठक्कर दिएर जाने क्रममा बनहराको जङ्गलमा गाडीलाई स्थानिय युवा नेता रमेशराज भाट सहित जय महांकाल युवा समुहले नियन्त्रणमा लिएको छ। त्यस्तै ट्राफिक प्रहरी कलुवापुरले गाडी नियन्त्रणमा लिएको साथै तेल महेन्द्रनगर छाडेर फर्किएर ईलाका प्रहरी पोष्ट झलारीको सम्पर्कमा आउने क्षतिपूर्ति दिने जय महांकालका महासचिव हिक्कत भण्डारीले बताएका छन्।

Facebook Comments Box