कञ्चनपुर: शुक्रबार भानु जयन्तीको अवसर पारेर आदिकवि भानुभक्त आचार्यको २१० औ जन्मजयन्तीको उपलक्ष्यमा आयोजित,प्रादेशिक प्रतिभा पुरस्कार समर्पण कार्यक्रम; धनगढीको सौराइ पार्टी प्यालेसमा भब्य रुपमा सम्पन्न गरिएको छ।
हिजो सुदूरपश्चिम प्रदेश सरकारले भाषा साहित्य , लोक संस्कृति ,संगीत तथा नाट्य र ललितकला गरि ४ जनालाई दिइने पुरस्कार मध्ये साहित्य तर्फको प्रज्ञा प्रादेशिक प्रतिभा पुरस्कार -२०७९ बरिष्ठ साहित्यकार दिपेन्द्र पाल”सिर्जन श्री” लाई सम्मान सहित नगद ७५ हजार पुरस्कार दिएको छ।
त्यस्तै सँस्कृति तर्फको प्रतिभा पुरस्कार सुरत रावत डोटेली कान्छा, संगीत तथा नाट्यतर्फको उदय बोहरा र ललित कला तर्फको प्रतिभा पुरस्कार ताराप्रसाद ओझालाई दिईएको छ।
सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा.टि.एन. जोशीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथि सुदूरपश्चिम सरकारका सामाजिक विकासमन्त्री माननीय झपट बहादुर साउद रहेका थिए भने कार्यक्रम सञ्चालन दान बहादुर सुनारले गरेका थिए। सिर्जन श्री ले नेपाली साहित्य लाई परदेश सम्म पनि सँस्थागत गर्न अहम भूमिका निर्वाह गरेका छन्।