कृष्णपुरको ४ नं. वडा कार्यलयबाट विपन्न जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण!

कञ्चनपुर: कृष्णपुर नगरपालिका वडा नं. ४ साहारानगर कञ्चनपुरबाट आज एक कार्यक्रमका बीच ४५ जना वडा बासी गरिब, विपन्न, मुक्त कमैया, असहाय, जेहेन्दार, लगनशील विद्यार्थीहरु छात्रवृत्ति प्रदान गरिएको छ।

“मेरो वडा मेरो अभिभावक” शिर्षक मार्फत कक्षा ११-१२ मा पढ्ने २५ जना र स्नातक तहमा पढ्ने २० जना विद्यार्थीहरुलाई प्रत्येक रु ७ हजार ५ सयका दरले छात्रवृत्ति वितरण गरिएको वडा अध्यक्ष धर्म बहादुर सिहले बताएका छन्।

कृष्णपुर-४ मा रहेका समैजी मा.वि र कृष्ण मा.वि का कक्षा ११ मा अध्यापन गर्ने विद्यार्थीहरु र कञ्चन बहुमुखी क्याम्पस मा अध्यापन गर्ने विद्यार्थीहरुलाई विद्यालय शुल्क बाफतको छात्रवृत्ति उपलब्ध गराईएको छ। आधारभूत तह सहित कक्षा ९, १० का असहाय जेहेन्दार विद्यार्थीहरुलाई स्कुल ड्रेस, जुट्टा, झोला सहित छात्रवृत्ति दिईएको जसले गर्दा स्थानिय वडा बासी जनताका छोराछोरीहरुलाई पठनपाठनमा थोरै भएतापनी सहयोग पुगेको वडा अध्यक्ष सिहले बताएका छन्।

Facebook Comments Box