विद्युत महशुल नतिरेकाको लाईन काट्दै वाणीको कालिका ग्रामीण विद्युत!

कञ्चनपुर: कृष्णपुर नगरपालिका वडा नं. २ मा रहेको श्री कालिका विद्युत सहकारी संस्था लिमिटेडले आज धेरै लामो समय देखि विद्युत महशुल नतिरेका ग्राहकहरुको प्रशारण लाईन काटेेेेेे्को छ।

पटक पटक कयौं पल्ट विद्युत महसुल शुल्क तिर्न भनेर पत्रचार गरेकाले आज अध्यक्ष लक्ष्मीदत्त जोशीको नेतृत्वमा घरमै गएर विद्युत लाईन काटिएको छ।

हालसम्म ८४-७२ महिनासम्मको विद्युत महशुल नतिरेका हरुको लाईन काटिएको छ अध्यक्ष लक्ष्मीदत्त जोशीले बताए। आज १८ जना विद्युत महशुल नबुझाउने ग्राहकहरु मध्ये केहीले शुल्क बुझाएको र बाकी आज पनि नबुझाउनेको लाईन अबरुद्ध गरेका छौँ; अध्यक्ष लक्ष्मीदत्त जोशीले भने; धेरै पहिला नै गर्नुपर्ने यो काम ढिलो भएपनी आज गरेकोमा विद्युत सहकारी समितीलाई स्थानिय नागरिकले धन्यवाद दिएका छन् ।

Facebook Comments Box