नगरपालिकाको गाडीसंग विङ्मर ठोक्किदा; ९ जना घाईते

कृष्णपुर: कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नं. २ स्थित उदय सरस्वती क्याम्पस चोक बंकमा पुर्वबाट पश्चिम जाँदै गरेको से १ झ २४६ नम्बरको जनक राज भण्डारीले चलाईरहेको कृष्णपुर नगरपालिका को जिप र पश्चिमबाट पुर्व गइरहेको म १ ज २८७ नम्बरको विङ्मर एकआपसमा ठोक्किदा दुर्घटना भएको छ।

आफ्नो साईडमा गईरहेको जिपलाई विपरीत दिशाबट आईरहेको विङ्गरले आफ्नो अगाडीको गाडीलाई ओभरट्याग गर्न खोज्दा दुर्घटना भएको छ। विङ्गर चालकको परिचय खुलेको छैन भने नगरपालिकाको जिप चालक भण्डारीको छातीमा चोट रहेकाले धनगढी स्थित निसर्ग अस्पतालमा उपचार भईरहेको अस्थायी प्रहरी पोष्ट वाणीले जनाएको छ।

त्यस्तै विङ्गरमा सवार ८ जनाको वाणी स्थित वाणी हस्पिटलमा उपचार भईरहेको छ। सामान्य घाईते भएका ८ जनामा जिल्ला बैतडी द.न.पा २ बस्ने बर्ष २४ का आनन्द पुजारा, बझाङ बु.न.पा ३ बर्ष ३० का गणेश बोहरा, ऐ.ऐ बस्ने ४७ बर्षका जय लाल बोहरा, कञ्चनपुर जिल्ला वे.न.पा ६ बस्ने ४० वर्षका महेश भट्ट, ऐ.ए बस्ने ३५ बर्षका प्रकाश बहादुर भट्ट, जिल्ला कञ्चनपुर कृष्णपुर-२ बस्ने ३० बर्षका प्रकाश नाथ, शु.न.पा ६ बस्ने ६० बर्षका चन्द्रा देवि ऐर, शान्ति देवि ऐर रहेका छन्।

Facebook Comments Box