कञ्चनपुर: कृष्णपुर नगरपालिका स्थित वडा नं. २ वाणी बजार व्यवस्थापन समितिका अध्यक्ष मनोज भट्टले आफ्नो जन्मदिनको अवसरमा श्री कृष्ण सेवाधाम अनाथआश्रम लाई खाद्यान्न सहयोग गरेका छन्। कृष्णपुर नगरपालिका वडा नं. ५ मा रहेको अनाथआश्रममा रहेका अनाथ बालबालिकाहरुलाई भट्टले खाद्यन सहयोग गरेका छन्।
पछिल्लो अवस्थामा साथिभाईहरु सित होटलमा मदिरा पार्टी गरेर हजारौं खर्च गर्नुको साटो आफुले असहाय बालबालिकाहरुलाई खाद्यान्न सहयोग गरेको भट्टले बताए।
मनोज भट्ट वाणी बजार व्यवस्थापन समिती अध्यक्ष संगै राष्ट्रिय स्वतन्त्र पार्टीका कृष्णपुर वडा नं. २ का सभापति समेत हुन्। भट्ट वाणीमा रहेको केदार जनरल स्टोर नामक किराना पसलका सञ्चालक समेत हुन्।