कञ्चनपुर: कृष्णपुर नगरपालिका स्थित वडा नं. २ निवासी समाजसेवी, देउडा गायक, कलाकार, एम्बुलेन्स चालक, होटल व्यवसायी तथा होटल टिकटकका सञ्चालक वीर सिह रावलले आफ्नो जन्मदिनको अवसरमा श्री कृष्ण सेवाधाम अनाथआश्रम लाई खाद्यान्न सहयोग गरेका छन्। कृष्णपुर नगरपालिका वडा नं. ५ मंगलनगर मोहनाचोकमा रहेको अनाथआश्रममा रहेका अनाथ बालबालिकाहरुलाई रावलले आज खाद्यन सहयोग गरेका छन्।
पछिल्लो अवस्थामा जन्मदिन मनाउने भन्दै साथिभाईहरु संग होटलमा मदिरा पार्टी गरेर हजारौं खर्च गर्नुको साटो आफुले असहाय बालबालिकाहरुलाई सक्ने खाद्यान्न सहयोग गरेको र आफुले यसरी सहयोग गर्न पाउँदा निकै खुशी भएको रावलले बताए।

मनकारी रावलले अनाथआश्रममा सहयोग गर्दा अनाथ बालबालिकाहरुको मुहारमा निकै खुशी देखिएको थियो। जन्मदिनमा अरुलाई पनि यस्तै जनसेवामा समर्पित हुन आग्रह गरेका छन्।