जय महांकाल युवा समुहको वृक्षारोपण कार्यक्रम सम्पन्न!

कञ्चनपुर: जय महाकाल युवा समूह कञ्चनपुर जिल्ला कमिटीले शनिबार कृष्णपुर नगरपालिका वडा नं. २ बंक बनहरामा रहेको गौशालामा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ।

श्रावण महिनाको अवसरमा गौ मातालाई चारो खुवाउने तथा वृक्षारोपण कार्यक्रम २०८० मा प्रमुख अतिथि कृष्णपुरका मेयर हेम राज ओझा, विशिष्ट अतिथिमा कृष्णपुर-२ का वडा अध्यक्ष अर्जुन सिह साउद, लालझाडी-५ का वडा अध्यक्ष पहल बहादुर थापा, कृष्णपुर नगर ईन्चार्ज लोक राज पन्त, विश्व हिन्दु महासंघ का केन्द्रीय सदस्य सिरोमणी ओझा, युवा नेता एवं नेपाली काङ्ग्रेस का वडा सभापति रमेश राज भाट, उदय मा.वि का व्यवस्थापन समिती अध्यक्ष दिपेन्द्र पाल, सदस्य मोहन भण्डारी, जनउथ्यान आधारभूत विद्यालयका व्यवस्थापन समिति अध्यक्ष नरेश कार्की, रास्वपाका नेता लक्ष्मण गिरी, वाणी बजार व्यवस्थापन समिती अध्यक्ष मनोज भट्ट, समाजसेवी राम नाथ योगी लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो।

जय महाकाल युवा समुहको गौशालामा राजनीति भएको र कृष्णपुर नगरपालिका लाई बदनाम गर्ने नियतले केही व्यक्ति समूह लागिपरेपनी जनताका लागि आफू जेल नै जानुपरे पनि तयार रहेको नगर प्रमुख ओझाले बताएका छन् ; त्यस्तै नगरपालिकालाई नसोधी मनपरी हिसावले सामुदायिक वनले जस्तापाता निकाल्दा आफुलाई गम्भीर आपत्ति रहेको मेयर ओझाले बताए।

आजै नगरप्रमुख ओझा र वडा अध्यक्ष साउदको उपस्थितिमै उहाँहरुबाटै गौशालामा जस्तापाता पुन लगाएको छ। अब उपरान्त नगरपालिकाको लगानी भएको ठाउँमा हस्तक्षेप नगर्ने वडा अध्यक्ष साउदले बताएका छन्।
गौशाला व्यवस्थापन हुनुपर्छ, राजनीति हुनुहुदैन हामीलाई मर्दापर्दा गाईको आवश्यकता रहने युवा नेता रमेश राज भाटले बताए। त्यस्तै आफुहरुलाई फुटवल झै खेलेको गौ व्यवस्थापनमा अबरोध खडा गरेको जय महाकाल युवा समितिका महासचिव हिक्मत भण्डारीले बताएका छ्न। कार्यक्रममा स्थानियको उल्लासमय सहभागीता रहेको थियो।

Facebook Comments Box