कृष्णपुर: कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नं. २ बंक बनहरामा रहेको जय महांकाल युवा समुहले सञ्चालन गरेको गौ:शालामा आज राप्रपाका सांसद सांसद ज्ञानेन्द्र शाहीले अनुगमन गरेका छन्। महेन्द्रनगरमा भोलि आयोजित कार्यक्रमका लागि शाही कञ्चनपुर आएका हुन्।
जय महाकाल युवा समूहले काठमाडौमा गरिरहेका सामाजिक कार्यबारे आफू जानकार रहेको र कञ्चनपुर शाखाले पनि गौ:रक्षामा ठूलो योगदान गरिरहेको रहेछ; गौ:रक्षा का लागि विशेष पहल गर्ने; गौशालमा आईरहेका विभिन्न अबरोध हटाउन पहल गर्ने सांसद शाहीले बताएका छन्। युवा नेता शाही आउदा आफुहरु एकदमै खुशी भएको र केही सकारात्मक पहल हुनेमा दुक्क रहेको महासचिव हिम्मत भण्डारी”हाक्कु” बताउछन्।
त्यस्तै गौशाला माथी स्थानीय नेताहरुको राजनीति भएको र आज माननीय शाही आउदा थोरै आशा पलाएको र जय महाकाल माथि भईरहेको अनावश्यक अबरोध हट्नेमा विश्वस्त रहेको कोषाध्यक्ष रोशन बोहराले बताएका छन्।