कृष्णपुरमा भयानक घटना; स्थानीय युवाको शव खोलामा गाडिएको अवस्थामा भेटियो!

कञ्चनपुर: कृष्णपुर नगरपालिका वडा नं. २ स्थित बंक नवदुर्गा टोल र नयाँबस्तीको बीच बग्ने बन्द नदी किनार बालुवामा माथिबाट ढुङ्गा राखेर गाडिएको अवस्थामा स्थानिय ३५ वर्षिय कुबेर दमाईको शव फेला परेको छ।

स्थानियले नदी किनारमा ढुङ्गा राखेको देखेर शंकास्पद लागेर हेर्दा कपडा फेला परेपछी; शव हुनसक्ने आशंकामा प्रहरीलाई सम्पर्क गर्यो; घटनास्थलमा प्रहरी आएपछी अनुसन्धान थालियो; पछि स्थानिय, नगर प्रमुख, वडा अध्यक्षको उपस्थितिमा अस्थायी प्रहरी पोष्ट वाणी र ईलाका प्रहरी पोस्ट झलारीका प्रमुख सुर्य बहादुर शाहीको नेतृत्वमा आएको टोलिले खनेर हेर्दा र स्थानीयहरुबाट बुझ्दा शव फेला परेको थियो र दाहिने हातमा वाला र ट्याटु देखिएपछि शव कुबेर दमाईको भएको पुष्टि भएको छ। केही दिन यता मृतक कुबेर घरपरिवारसंग सम्पर्कविहिन रहेका साथै घटनास्थलमा परिवार-आफन्त आएर हेर्दा फेला परेको शव दमाईकै रहेको पुष्टि गरिएको छ।

स्थानीय र जनप्रतिनिधि हरुको रोहवरमा कृष्णपुर नगरपालिकाको एम्बुलेन्समा प्रहरीले शव पोस्टमार्टममा लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा लगेका छन्।

यो घटनासंगै कृष्णपुर-०२ का स्थानियहरु निकै भयभीत देखिएका छन्। स्थानीयले शान्ति सुरक्षा चाहेका छन्। यस घटनामा संलग्न जो कि अपराधी भएपनी प्रहरीले छिटोभन्दा छिटो अनुसन्धान गरि पत्ता लगाई कडा भन्दा कडा कार्वाहीका लागि स्थानिय बासिन्दाहरुको माग रहेको छ। अपराधीले हत्या गरि बालुवामा गाडेर शव लुकाउन खोजेको हुनसक्ने स्थानीयहरुको बुझाई छ। यथाशीघ्र छानवीन गरि अपराधी पत्ता लगाउने ईप्रका झलारी प्रमुख ईन्सपेक्टर सुर्य बहादुर शाहीले बताएका छन्।

हेर्नुहोस भिडियो :

Facebook Comments Box