राष्ट्रिय युवा संघ लालझाडी गाउँ कमिटीको प्रथम गाउँ अधिवेशन सम्पन्न; अध्यक्षमा हिकिम चौधरी चयन!

कञ्चनपुर: नेकपा एमाले पार्टीको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लालझाडी गाउँ कमिटी को आज प्रथम अधिबेशन सम्पन्न भएको छ। अधिबेशन बाट अध्यक्ष हिकिम चौधरी, उपाध्यक्ष सन्देश भट्ट, सचिब महेश राना कोषाध्यक्ष छोटी राना लगायत २१ जना को कमिटी सर्बसम्मत चयन भयको छ ।

निवर्तमान अध्यक्ष अमर रानाको सभापतित्वमा सुरु भएको कार्यक्रममा प्रमुख अतिथी पार्टीका नेता वीर बहादुर थापा”पातल”, विशिष्ट अतिथिमा क्रमश लालझाडी गाउँपालिका ईन्चार्ज खेम राज ओझा, नेता निर्मल राना, सपना चौधरी, पहल थापा, अमर सिह धामी लगायतका पार्टी कर्याकर्ताहरुको उपस्थिति रहेको थियो।

पार्टीले दिएको जिम्मेवारीलाई अहोरात्र खटिएर यस पालिकामा भएको हरेक कमिकमजोरी माथि आवाज बुलन्द गर्ने हिम्मत र हौसला चौतर्फी रुपमा मिल्नेछ भन्ने आशा लिएको अध्यक्ष रानाले बताएका छन्।

Facebook Comments Box