देखतभुली स्वास्थ्य चौकीको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

कञ्चनपुर: लालझाडी गाउँपालिका वडा नं. ५ देखतभुलिमा रहेको देखतभुली स्वास्थ्य चौकीको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ।

देखतभुली स्वास्थ्य चाैकीको २०७९/८० को बार्षिक सार्वजनिक सुनुवाइ कार्यक्रम स्वास्थ चा‌ैकिको सभाहलमा सम्पन्न गरिएको थियो। कञ्चनपुरमै अव्बल स्वास्थ्य संस्था बनाउन अहोरात्र काम गर्ने; देखतभुलिका नागरिकहरुको स्वास्थ्य सेवामा विशेष सुविधा ल्याउने, एम्बुलेन्स सेवा सुचारु गर्ने, निशुल्क ल्याव सेवा र प्रस्तुति सेवा रहेको वडा अध्यक्ष एवं स्वास्थ्य चौकी व्यवस्थापन समितीका अध्यक्ष पहल बहादुर थापाले बताएका छन्।

कार्यक्रमको प्रस्तुतकर्तामा देखतभुलि स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी मन्जु कार्की रहेकी थिईन भने सहजकर्तामा कानुनी व्यवसायी पुष्प विक्रम शाही रहेका थिए। स्वास्थ्य इन्चार्ज, स्वास्थ्यकर्मी स्वयमसेविका र व्यवस्थापन समितिको सहकार्यमा आगामी कार्यक्रम गर्ने; स्वास्थ्य चौकीको विकासका लागि लागिपर्ने देखतभुली स्वास्थ्य चौकी का उपाध्यक्ष अमर सिह धामीले बताएका छन्।

कार्यक्रममा अध्यक्ष पहल बहादुर थापा, निवर्तमान वडा अध्यक्ष नवराज अवस्थी, वडा सदस्य गोकर्ण सिह धामी, वडा सदस्य भान बहादुर विष्ट, कार्यपालिका सदस्य शान्ती सार्की, लालझाडी गाउँपालिका ईन्चार्ज(नेकपा एमाले) खेम राज ओझा लगायतको उपस्थिति रहेको थियो।

आगामी दिनमा प्रदेशमै देखदभुली स्वास्थ्य चाैकिलाइ अब्वल बनाउने लक्ष सहित हामी सब‌ै हातेमालो गर्दै जनतालाई सेवा दिन अग्रिमपंतिमा उभिने प्रयास गरौ निवर्तमान वडा अध्यक्ष अवस्थीले बताएका छन्।

०७९/८० को प्रगती विवरण, विभिन्न विरामी बारे जानकारी, किशोर किशोरी मैत्री स्वास्थ्य केन्द्र, निशुल्क ल्याव सेवा लगायतका स्वास्थ्य गतिविधि र देखतभुलिमा खोप केन्द्रको अभाव बारे जानकारी प्रस्तुतकर्ता कार्कीले बताएकी छिन्।

Facebook Comments Box