धनगढीमा आइ.एम. ई. लाइफ इन्स्योरेन्सको AM Induction र Rising star award कार्यक्रम सम्पन्न!

कञ्चनपुर: आई. एम. ई लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडद्वारा भदौ ८ र ९ गते दुई दिने प्रदेश स्तरीय AM Induction र Rising star award कार्यक्रम धनगढी स्थित होटल डिभोटीमा सम्पन्न गरिएको छ।

कार्यक्रमका प्रमुख अतिथी सि.ओ.ओ दिनेश आमात्य, ट्रेनिङ डिपाट्मेन्ट प्रमुख सुनिल के आचार्य, प्रदेश प्रमुख सुमन तिमिल्सिना, मोटिभेसनल स्पिकर ईश्वर श्रेष्ठ, एम.डि.आर.टी, सि.ए.एम, एस.ए.एम, ए.एम गरि उक्त कार्यक्रममा ८० जनाको सहभागीता रहेको थिए।

प्रमुख अतिथी दिनेश अमात्यले उक्त कार्यक्रमको औचित्य बारे प्राकश पार्नु भएको थियो । मोटिभेस्नल स्पीकर इश्वर श्रेष्ठले कार्यक्रम‌मा सह‌भागी सबैलाई एकद‌मै उचित साथ मोटिभेट गर्नु भएको थियो ।

तालिम शाखा प्रमुख सुनिल कुमार आचार्यले बिमा बिक्रि कलाबारे जानकारी गराउनु भएको थियो। उक्त कार्यक्रम सञ्चालन टिकापुर क्षेत्रीय प्रमुख तुलसी देवकोटाले गरेका थिए भनेर अत्तरीया शाखा प्रमुख लक्ष्मण महताले जानकारी दिएका हुन।

Facebook Comments Box