लालझाडीको बैजनाथ सिद्धनाथ मन्दिरमा पहिलो पटक गौरा पर्व

कञ्चनपुर: लालझाडी गाउँपालिका वडा नं. ५ बैजनाथ टोल गडविजुला ताल नजिक बैजनाथ सिद्धनाथ मन्दिर प्राङ्गणमा वडा कार्यलयको आयोजनामा पहिलो पटक गौरा पर्व सञ्चालन गरिएको छ।

हिजो भदौ १० गते आईतवार उद्घाटन गरिएको कार्यक्रम आज भोलि र पर्सि ३ दिन बृहत देउडा प्रतियोगिता सञ्चालन हुने कार्यक्रमका अध्यक्ष ईन्द्र राज पुरीले बताएका छन्। बैजनाथ सिद्धनाथ मन्दिर संरक्षण समितिद्वारा सञ्चालन गरिएको हो। कार्यक्रममा प्रमुख अतिथी गाउँपालिका अध्यक्ष निर्मल रानाले रहेका थिए।

स्थानिय नागरिकहरुको व्यापक माग रहेकाले वडा कार्यलयले गौरा पर्वको उपलक्ष्यमा देउडा कार्यक्रम आयोजनाका लागि ५० हजार बजेट विनियोजन गरेको लालझाडी-०५ का वडा अध्यक्ष पहल बहादुर थापाले बताएका छन्। कार्यक्रममा सहभागीहरु मध्ये उत्कृष्ट देउडा खेलाडीलाई उचित पुरस्कार दिईने सञ्चालक समितिले जनाएको छ।

Facebook Comments Box