कञ्चनपुर: सुदुर पश्चिम प्रदेशको महान पर्व गौराको उपलक्ष्यमा भोलि भदौ २१ गते देखि २४ गते सम्म लालझाडीको वडा नं. ५ देखतभुलिमा रहेको श्री बैजनाथ सिद्धनाथ मन्दिर प्राङ्गण(नन्द मा.वि नजिक) मा पालिका स्तरीय गौरा विशेष देउडा प्रतियोगिता हुने भएको छ।
देखतभुली युवा समाजको आयोजनामा हुन लागेको कार्यक्रमको लालझाडी गाउँपालिकाले आर्थिक व्यवस्थापन गरेको छ। गाउँपालिकाले कार्यक्रममा १ लाख बजेट विनियोजित गरेको छ। टिम दर्ता गराएर वृहत् देउडा संचालन गर्ने आयोजक समितिले जनाएको छ।
प्रतियोगितामा सहभागी हुने मध्ये प्रथम हुने देउडीयालाई १२ हजार नगद, दोस्रोलाई ८ हजार र तेस्रोलाई ५ हजार पुरस्कार दिने आयोजकले बताएको छ। यसपालीको देउडा प्रतियोगिता वृहत् हुने; सभ्य भब्य हुने देखतभुली युवा समाजका अध्यक्ष सन्देश भट्टले बताएका छ्न्। कार्यक्रमको भोलि विहान १० बजे उद्घाटन हुने छ। देउडा कार्यक्रममा जिल्लाकै उत्कृष्ट देउडिया आउने अध्यक्ष भट्टले बताएका छ्न्।