भोलिदेखी बंकको गौरादेवी मन्दिरमा वृहत् देउडा कार्यक्रम हुदै; जिल्लाकै उत्कृष्ट देउडीया आउने!

कञ्चनपुर: सुदुर पश्चिम प्रदेशको महान पर्व गौराको उपलक्ष्यमा भोलि भदौ २१ गते देखि २४ गते सम्म कृष्णपुरको वडा नं. २ बंक क्याम्पस चोकमा रहेको श्री गौरादेवीको मन्दिर प्राङ्गण मा गौरा विशेष वृहत् देउडा प्रतियोगिता हुने भएको छ।

कृष्णपुर नगरपालिका वडा नं. २ कार्यलयको आयोजना र गौरादेवी मन्दिर संरक्षण तथा सम्वर्दन समितिको सह आयोजनामा आयोजित कार्यक्रमको भोलि उद्घाटन हुने छ।

भोलिदेखी ४ दिन सम्म संचालन हुने बृहत देउडा कार्यक्रम सभ्य र भव्यताका साथ सफल पार्नका लागि सादर आमन्त्रणका साथै उत्कृष्ट देउडिया कलाकार लाई सम्मान गरिने कार्यक्रम संयोजक राजेन्द्र बहादुर सिंहले बताएका छन्। विगत देखि गौरा पर्व धुमधामका साथ मनाईने यो स्थानमा यसपालि पनि वृहत् हुने आयोजक समितिले जनाएको छ। कार्यक्रममा ख्यातिप्राप्त देउडिया सहभागी हुन भने हेर्न आउने दर्शकहरुको घुईचो हुने आयोजकको दावी रहेको छ।

Facebook Comments Box