लालझाडीमा आत्महत्या रोकथाम सम्बन्धि कार्यक्रम सम्पन्न

कञ्चनपुर: विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा “आशा जगाऔ, जीवन बचाऔ” भन्ने नाराका साथमा लालझाडी गाउँपालिका स्वास्थ्य शाखा शंकरपुर कञ्चनपुर द्वारा आयोजित आत्महत्या रोकथाम तथा न्यूनीकरण सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न भएको छ।

पालिका अध्यक्ष निर्मल रानाको अध्यक्षतामा सुरु भएको कार्यक्रमका प्रस्तुतिकर्ता स्वास्थ्य शाखा प्रमुख खगेन्द्र चौधरी रहेका थिए।

कार्यक्रममा उपाध्यक्ष सपना चौधरी,प्रमुख प्रशासकिय अधिकृत राज बहादुर सार्की, वडा अध्यक्षहरु, ईलाका प्रहरी पोष्ट शंकरपुरका प्रमुख लगायतको सहभागीता रहेको थियो।बालबालिका परिक्षामा असफल भएकै कारण र बुद्धिजिवि वर्गले नै आत्महत्याको प्रयासको घटना वडा टोलमा घट्दा नराम्रो लाग्ने लालझाडी वडा नं. ५ का अध्यक्ष पहल ब थापाले बताए। विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा एक वर्षमा आत्महत्याका कारण मात्रै ७ लाख भन्दा बढीको मृत्यु हुने गरेको छ।

जसमध्ये ९९% मानसिक रोग बाट र ९५% कारण डिप्रेसन रहेको जनाएको छ। हामीले आत्महत्या रोकथामका लागि हातेमालो गर्नुपर्ने र कुनै समस्या परे ११६६ मा निशुल्क सम्पर्क गरेर मनोचिकित्सा परामर्श लिनसकिने; बालबालिकालाई माया गर्नुपर्ने; लालझाडीमा ९९% रोकथाम गर्नुपर्ने पालिका अध्यक्ष रानाले बताएका छ्न्। आज कार्यक्रम ६ वटै वडामा भईरहेको प्रमुख चौधरीले बताएका छन्।

Facebook Comments Box