कञ्चनपुर: लामो समय भारतमा रोजगारी गरेका कृष्णपुर नगरपालिका वडा नं. २ वाणी का कर्ण बहादुर धामी हाल व्यावसायिक कृषीमा आवद्ध छन्। उमेरले ५१ वर्षीय धामी कृषि कार्यमा निकै सकृय छ्न्। घरपरिवार संगै बसेर कृषि बाट राम्रो आम्दानी हुन्छ भन्ने थाहा नभएर आफू लामो समय रोजगारीको शिलशिला भारतमा रहेको; कृषि पशुपन्छी पालेर पहिले नै यसरी कमाई हुने थाहा पाएको भए भारत नै नजाने; अरुको देशमा गएर नौकरी गर्दा निकै दुख पाएको धामी बताउँछन्।
सुरुमा आफुलाई निड्स नेपाल संस्थाले कुखुरा पालन सम्बन्धि तालिम दिएको र तालिम पश्चात् जिविकोपार्जनका लागि कुखुरा दिएर कुखुरा पालन सुरु गरेको साथै अहिले कुखुरा पालन आफुलाई एकदमै फापेको; विभिन्न जातका लोकल कुखुरा पालन गरेर मनग्ये आम्दानी हुने धामी बताउँछन्। मिहिनेत र लगनशील भएर काम गर्दा नहुने भन्ने केही नहुदो रहेछ। निडस नेपालले थोरै कुखुरा दिएर पालन सुरु गरेका कर्ण बहादुर धामीले अहिले आफ्नै के बि कृषि तथा पशुपन्छी फर्म दर्ता गरेर बेमौसमी तरकारी खेती, कुखुरा, हास, टर्की, बाख्रा, भैसी, बंङुर पालन गरेर वडामै उत्कृष्ट उदाहरणिय किसानको पहिचान बनाईरहेका छन्। आफुले गरिरहेको कृषि कार्य बाट आफू र आफ्नो घरपरिवारका सदस्यहरुको आवश्यकता पूरा हुने धामी बताउछ्न्।
निडस नेपाल संस्थाले खोर निर्माणका लागि पैसा दिएको; वडा नं. २ को कार्यालय र कृष्णपुर नगरपालिका बाट पनि बेलाबेलामा अनुदान सहयोग, सामाग्री मिलिरहेको;सिचाई बोर्डिङ, टनेल, बीउ बिजन आदि पाएको धामी बताउछन्। अझै आफू र आफुजस्ता केही गर्छु भन्ने किसानहरुलाई नगरपालिका, वडाले थप सहयोग गर्नुपर्ने उनि बताउछन्।

“कृषि कर्ममा लागेको ३ बर्ष मात्रै भयो धेरै कुरा सिकेको अझै धेरै कुरा सिक्न बाकी रहेको कृषक धामी बताउछन्। मिहिनेत धेरै लाग्छ तर मासिक रुपमा राम्रो आम्दानी हुन्छ।अब देशमै कृषि गर्न चाहने युवाहरुलाई मिहिनेत गर्यो भने विदेशभन्दा बढी कमाई स्वदेशमै गर्न सकिने ; हामी काम गर्ने लाज मान्छौ, काम कहिले पनि सानो ठूलो हुँदैन, मिहिनेतका साथ काम गरे कृषिबाट पनि मनग्ये आम्दानी हुने धामी बताउछन्।
स्थानीय सरकार, सरोकारवाला निकायले आशेपासे, टाठाबाठा कार्यकर्ता, झोलामा किसानी गर्ने व्यक्ति, समुहलाई अनुदान दिनुको साटो यी र यस्ता साच्चिकै कृषिमा भगिरथ प्रयत्न गरिरहेका किसानहरुलाई निष्पक्ष रुपमा अझैपनी थप अनुदान दिन सके देशमै बसेर कृषिमा क्रान्ति गर्ने सकिन्छ।
कृषि कर्ममा लागिरहेका वास्तविक किसानहरुको पहिचान गरि नगरपालिकाले सक्दो अनुदान, प्रोत्साहन, सहयोग गरि गाउँघरमै बस्ने बाताबरण बनाउन सक्यो भने पछिल्लो समय नौकरीको खोजीमा विदेश गईरहेका युवाहरुलाई देशमै राखेर उत्पादनमा जोड्न सकिनेछ।