कञ्चनपुर: संविधान दिवस २०८० को अवसरमा विविध कार्यक्रम आयोजना गरि सनलाइट पब्लिक स्कुलले भव्यताका साथ मनाएको छ।

कार्यक्रम प्रेम बहादुर सिह को अध्यक्षतमा सुरु भएको थियो भने कार्यक्रममा प्रमुख अतिथि वडा नं. २ का वडा अध्यक्ष अर्जुन सिह साउद रहेका थिए। घुम्ती कार्यक्रम अन्तर्गत वाणी बजार खुल्ला मञ्च र बंक बजारमा कार्यक्रम संञ्चालन भएको हो।
कार्यक्रममा स्कुलका प्रिन्सिपल अक्कल बहादुर रोकायाले स्वागत मन्तव्य र संविधान दिवसका बारेमा आफ्ना मन्तव्य राखेका थिए साथै र्याली; जनचेतनामुलक कार्यक्रम आयोजना गरिएको छ। कार्यक्रम सञ्चालन देबराज भट्टले गरेका थिए। लाखौ नेपालीहरुको स्वविवेक र वलिदान त्याग तपस्या अनि पसिनाले ल्याईएको संविधान भन्दै नारा सहित संविधान दिवस देशभर नै मनाईएको छ।