बझाङमा शक्तिशाली भुकम्प; एकको मृत्यु बाह्र घाईते

कञ्चनपुर: आज बझाङको चैनपुर केन्द्रबिन्दु भएर अपराह्ण ३ बजेर ६ मिनेटमा गएको ६.३ म्याग्निट्यूडको भूकम्पका कारण १ जनाको मृत्युु; १२ जना घाइते हुनुका साथै कैयौँ घर तथा कार्यालय भवनहरू भत्किएका श्रोतले जनाएको छ।

बझाङमा त्यसअघि ५.३ म्याग्निट्यूडको भूकम्प गएको थियो भने भूकम्पले बैतडीमा पनि क्षति गरेको छ।
भूकम्पले जिल्लाको सिगास गाउँपालिका, पुर्चौडी नगरपालिका, डिलासैनी गाउँपालिका र पाटन नगरपालिकामा दर्जनौँ घर र विद्यालयका भवन चर्किएका स्थानीयहरुले बताएका छन्।

भुकम्पले जयपृथ्वी नगरपालिका ११ स्थित ओखरकी एक महिलाको मृत्यु भएको प्रहरी स्रोतले बताएको छ। त्यस्तै भुकम्पका कारण बझाङ र बैतडीमा १२ जना घाईते भएका छन्। भुकम्पको झट्का कैलाली र कञ्चनपुरमा समेत महसुस भएको छ।

Facebook Comments Box