कमर्शियल आर्टिष्ट संघ कञ्चनपुरको प्रथम जिल्ला अधिवेशन सम्पन्न

कञ्चनपुर: शनिबार “संघ हाम्रो लागि, हामी संघको लागि”; कलाकारिता नै राष्ट्रको मुल सभ्य, अनेकतामा एकता संघ विशेषता” भन्ने मुल नाराका साथ नेपाल कमर्शियल आर्टिष्ट संघ जिल्ला तदर्थ समिति, कञ्चनपुरद्वारा आयोजित प्रथम जिल्ला अधिवेशन उद्घाटन समारोह कार्यक्रम २०८० सम्पन्न भएको छ।

सभाध्यक्ष दिनेश वि.क, प्रमुख अतिथी तारा रैकाल, विशिष्ट अतिथी गणेश चन्द,अमर सुनार, स्वागत मन्तव्य अमर सिह चौधरी, उद्घोषण सुरेश प्रतिकले गरेका थिए। उद्घाटन कार्यक्रम शुक्लाफाटा नगरपालिका झलारी स्थित होटल हाईवेमा भएको हो।

अध्यक्ष दिनेश वि.क को अध्यक्षतामा ११ सदस्यीय जिल्ला कमिटी चयन भएको छ। त्यस्तै कृष्णपुर नगरपालिकाका प्रमुख अमर सिह चौधरी, शुक्लाफाटा नगरपालिका प्रमुख मेघ सिह क्षेत्री, भिमदत्त नगरपालिका प्रमुख राजु श्रेष्ठ, बेलौरी नगरपालिका प्रमुख तुलसी राम चौधरी गरि स्थानीय पालिका कमिटी प्रमुख गठन गरिएको छ।

Facebook Comments Box