कञ्चनपुर: जिल्ला सितोरियो कराते संघ कञ्चनपुरको आयोजनामा संञ्चालित जिल्ला स्तरीय खुल्ला कराते प्रतियोगितामा कृष्णपुर नगरपालिका वडा नं. २ वाणीको श्री जे.वि.एकेडेमीले एक स्वर्ण पदक जितेको छ।
जे.वि एकेडेमीमा अध्ययनरत विद्यार्थीहरू स्रिया बोहराले २५ किलो ताैल समुहमा गाेल्ड मेडल(स्वर्ण पदक) ,अनिता गिरीले ५५ किलो ताैल समुहमा कास्य पदक तथा दिया बोहरा ६० किलो ताैल समुहमा कास्य पदक ल्याउदै टिम जे.बि.एकेडेमीले जिल्लामा उपविजेता अर्थात दाेस्राे स्थान ल्याउन सफल भएको छ।
सम्पूर्ण सहभागी खेलाडीहरूलाइ तथा खेलकुद शिक्षक गजेन्द्र लुहार ( हनिसिंह) लाई जे.बि.एकेडेमी परिवारकाे तर्फबाट धन्यवाद दिदै प्रबन्ध निर्देशक जगदीश सेटीले भने”हाम्रो जे.वि एकेडमीले गुणस्तरीय शिक्षाका साथसाथै खेलकुदमा पनि बिशेष जोड दिईरहेको छ, विगतदेखी नै कराते प्रतियोगिता उत्कृष्ट नतिजा ल्याउन समेत सफल छ।
