कञ्चनपुर: भोलीदेखि दिपेन्द्र सामुदायिक वन उपभोक्ता समूह कृष्णपुर ०१, ०२ बंक(मोतिपुर)को आयोजनामा १३ औं भेट्रान कप फुटवल प्रतियोगिता सञ्चालन हुन गईरहेको छ। दिउँसो १ बजे देखि उद्घाटन कार्यक्रम संगै पहिलो खेल भोलि नै हुने आयोजक कमिटीले जनाएको छ।
वि.स २०६५ सालदेखि निरन्तर सामुदायिक वन उपभोक्ता समूह बीच आपसी भाईचारा समाजमा शान्ति एवं सद्भावना कायम गर्ने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादनमा टेवा पुर्याउने उदेश्य राखेर भेट्रान कप फुटबल प्रतियोगिता सञ्चालन भईरहेको छ।
१३ औं भेट्रान कप फुटबल प्रतियोगिता कार्यक्रममा प्रमुख अतिथी सुप प्रदेशका वन तथा वातावरण मन्त्री रमेश धामी रहने आयोजक कमिटीले जनाएको छ।
३२ वर्ष माथी उमेर समुहका खेलाडीहरु समावेश रहने भेट्रान प्रतियोगितामा प्रथम हुने लाई रु ३५ हजार नगद पुरस्कार, दोस्रो हुनेलाई रु २५ हजार नगद र तेस्रो हुनेलाई रु १५ हजार नगद पुरस्कार दिईने छ। त्यस्तै युवा तर्फ प्रथमलाई २५ हजार, दोस्रोलाई १५ हजार र तेस्रोलाई १० हजार पुरस्कार दिईने छ। १६ वर्ष मुनि तर्फ प्रथमलाई २० हजार, दोस्रोलाई १५ हजार र तेस्रोलाई १० हजार पुरस्कार दिईने छ।

भेट्रान कप फुटबल प्रतियोगितामा सम्पुर्ण खेल फिफाकै नियम अनुसार खेलाईने छ भने खेल प्रतियोगिता कृष्णपुर ०२ स्थित बनहरा खेल मैदानमा सञ्चालन हुनेछ।