लालझाडी गाउँपालिकाको सार्वजनिक सुनवाइ कार्यक्रम सम्पन्न

कञ्चनपुर: कञ्चनपुरको लालझाडी गाउँपालिका द्वारा आर्थिक बर्ष २०७९/०८० मा सञ्चालन गरिएका स्वीकृत वार्षिक योजना तथा कार्यक्रमहरुको सार्वजनिक सुनुवाई कर्यक्रम सम्पन्न भएको छ।

लालझाडी गाउँपालिकाको कार्यलय गाउँ कार्यपालिकाको कार्यलय शंकरपुर कञ्चनपुरको आयोजना आयोजित कार्यक्रममा सभाध्यक्ष गाउँपालिका अध्यक्ष निर्मल राना रहेका थिए। कार्यक्रममा उपाध्यक्ष सपना राना चौधरी, प्रमुख प्रशासकिय अधिकृत राज बहादुर सार्की, लालझाडी वडा नं. १,२,५,६ का वडा अध्यक्षहरु, ईलाका प्रहरी शंकरपुरका प्रमुख लगायत स्थानीय बासिन्दाहरुको समेत उपस्थिति रहेको थियो।

कार्यक्रममा स्थानियका सुझाव, सल्लाह र गुनासा पालिका अध्यक्ष रानाले सम्बोधन गरेका थिए। त्यस्तै आजै लालझाडी गाउँपालिकाले दशै तिहार शुभकामना आदानप्रदान कार्यक्रम समेत आयोजित गरेको थियो।

सार्वजनिक सुनुवाइ कार्यक्रममा अब गाउँपालिकाको समग्र विकासका निमित्त हातेमालो गरेर अघि बढने पालिका अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकिय अध्यक्षले जनाएको छन्। विगतका बर्षमा भएका कमि कमजोर औल्याउँदै अब आ.व ८०/८१ मा लालझाडीमा देखिने गरि विकास हुने लालझाडी गाउँपालिकाले जनाएको छ। त्यस्तै यो आ.व मा आधारभुत स्वास्थ्य सेवा विस्तार, सडक स्तरोन्नति, बजार अनुगमन लगायत कार्यक्रम गाउँपालिकाले गरिरहेको छ। कार्यक्रममा सञ्चारकर्मी हरिश चन्द्र बाग सहजकर्ता रहेका थिए।

Facebook Comments Box