कञ्चनपुर: लालझाडी गाउँपालिकाले चाडपर्व नजिकिए संगै पालिका बासी स्थानीय नागरिकहरुको स्वास्थ्यमा ख्याल राख्दै असोज २४ गते देखि बजार अनुगमनको।सुरुवात गरेको थियो।
लालझाडी गाउँपालिका अध्यक्ष निर्मल राना, उपाध्यक्ष सपना चौधरी राना, प्रमुख प्रशासकीय अधिकृत राज बहादुर सार्की लगायत पालिकाको टिमद्वारा बजार अनुगमन गरिएको हो।

लालझाडी ६ चान्देव बजारबाट सुरु भएको बजार अनुगमन कार्यक्रम लालझाडी-१ को नौरङा विनवारी, बाईसे बिचुवा, २ को कञ्ज, काठमाडौ डाडा, ३ को नन्दगाउ, बल्मी, छोटी पर्सिया, ४ को डाडाजाई, सिकलपट्टी मोटर घाट र आज वडा नं. ५ को देखतभुली, बैबाहा चोक, बैजनाथ टोल, अन्नपूर्ण टोल गरि बजार अनुगमन सम्पन्न भएको छ।
बजार अनुगमनका क्रममा गाउँपालिकाले मेडिकल, किराना पसल, स्टेसनरी पसल, मोबाइल ग्यालरी लगायत विभिन्न पसलहरुमा अनुगमन गरेको छ। पालिकामा सूचीकरण भए नभएको समेत पालिका टिमले अनुगमन गरेको छ।