वाणीमा भोलिदेखि श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ हुँदै

कञ्चनपुर: कृष्णपुर नगरपालिका वडा नं. २ वाणीमा रहेको श्री त्र्यम्वकेश्वर महादेव मन्दिर प्राङ्गणमा भोलि विहान ८ बजे देखि श्री त्र्यम्वकेश्वर महादेव धार्मिक सप्ताह ज्ञान महायज्ञ २०८० आयोजित हुने भएको छ।

श्री त्र्यम्वकेश्वर महादेव मन्दिरको सर्वाङीण विकासार्थ आयोजित सप्ताह कार्यक्रममा राष्ट्रिय कथा वाचक आचार्य पण्डित ओम प्रकाश सुवेदी बाट कथा श्रवण गराईने छ भने उद्घाटन कार्यक्रममा माननीय प्रदेश प्रमुख देवराज जोशी प्रमुख अतिथि रहने छन्।

कार्यक्रममा संगीतमय श्रीमद्भागवत ज्ञान महायज्ञ बाल संस्कार, योग विज्ञान शिविर एवं १००८ शालिग्राम पुजा अर्चना, शोभा कलश यात्रा गरिनेछ। कार्यक्रममा पण्डित हरेन्द्र प्रसाद जोशी यज्ञाचार्य, पण्डित पुष्पराज जोशी (शास्त्री) कथा उपा वाचक, गोपाल सम्राट अत्री राष्ट्रिय उद्घोषक, मनोज प्रसाईं राष्ट्रिय भजन गायक र राजेन्द्र अत्री झाकी संयोजकको उपस्थिति रहने कार्यक्रम संयोजक गोपाल भारतीले बताएका छन्।

Facebook Comments Box