लालझाडी गाउँपालिका शंकरपुरमा नबिल बैंकको सेवा सुरु

कञ्चनपुर: आज लालझाडी गाउँपालिका वडा नं. २ शंकरपुर कञ्चनपुरमा नेपाल राष्ट्र बैक बाट क वर्गको इजाजतपत्र प्राप्त संस्था नबिल बैक लिमिटेडले आफ्नो विस्तारित काउन्टर चान्देव सञ्चालन मा ल्याएको छ।

आज एक कार्यक्रमका बीच आयोजित उद्घाटन कार्यक्रममा गाउँपालिका प्रमुख निर्मल राना, उप-प्रमुख सपना चौधरी राना, प्रमुख प्रशासकीय अधिकृत राज बहादुर सार्की, वडा नं. ५ का वडा अध्यक्ष पहल बहादुर थापा, ईलाका प्रहरी शंकरपुर का प्रमुख रमेश परियार र चान्देव शाखा प्रमुख टेक राज जोशीको उपस्थिति रहेको थियो।

स्थानीयहरुका लागि पालिकाको काम थप सहज र छरितो गर्न नबिल बैकले सहयोग गर्ने पालिका अध्यक्ष निर्मल रानाले बताएका छन्। गाउँपालिका नजिकै नवील बैकले सेवा विस्तार गरेसगै अब स्थानियहरुलाई बैंकिङ सेवाका लागि ५-६ किलोमिटर टाढा चान्देव बजार जानुपर्ने समस्या हटेको छ। बैक काउन्टर संञ्चालनमा आएसंगै अब लालझाडी १, २, ३ र ४ का स्थानिय वासिन्दाहरु लाभान्वित भएका छन्। निकट भविष्यमै शाखा कार्यलय राखेरै नबिल बैकले सेवा दिने चान्देव शाखा प्रमुख टेक राज जोशीले बताएका छन्।

Facebook Comments Box