कञ्चनपुर: कृष्णपुर नगरपालिका वडा नं. १ को खोलामा नदीजन्य पदार्थको अवैध चोरी निकासी गर्दैगरेको अवस्थामा अस्थायी प्रहरी पोष्ट वाणी र अस्थायी प्रहरी विट पहरियाको संयुक्त गस्ती टोलिले दुईवटा ट्याक्टर नियन्त्रणमा लिएको छ।
नियन्त्रणमा लिएका ट्याक्टर अस्थायी प्रहरी पोष्ट वाणीमा राखिएको छ। नगरपालिकाले रोक लगाएको कार्य गरेकाले नियन्त्रणमा लिएको र नगरपालिकामा छलफल भैरहेको साथै कार्वाही जरिवाना गराई छोड्ने अस्थायी प्रहरी पोष्ट वाणीले जनाएको छ।
केही महिनाअघि नगरपालिकाले कृष्णपुर नगरपालिका भित्रका खोलानदी बाट अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन चोरी निकासी संकलन तथा वितरण गरेको सवारी साधन फेला परेमा नगद रु ५० हजार जरिवाना गराईने सार्वजनिक सुचना निकालेको थियो। अब के हुन्छ सुचना अनुसार नै कार्वाही हुन्छ कि छोडिन्छ भन्ने प्रश्नमा “हामी नगरपालिका स्तरीय छलफलमा छौ” कार्वाही गर्छाैं; कृष्णपुरका नगर प्रमुख हेम राज ओझाले बताएका छन्।