मंसिर ३० बाट कृष्णपुर २ मा ‘प्रथम वडा अध्यक्ष कप’

कञ्चनपुर: कृष्णपुर नगरपालिका वडा नं. २ वाणी स्थित मछेली खेल मैदानमा आउदो मंसिर ३० गते बाट प्रथम वडा अध्यक्ष कप फुटबल प्रतियोगिता २०८० सञ्चालन हुने भएको छ। वडा कार्यलयले एक सुचना जारी गर्दै प्रथम वडा अध्यक्ष कप फुटबल प्रतियोगिता २०८० संचालन हुन गईरहेकाले आ-आफ्ना टिम दर्ता गर्ने अनुरोध गरेको छ।

फुटबल खेलाडीहरुको हौसला र प्रोत्साहनका निम्ति र स्थानिय स्तरका खेलाडीहरुको खेल उत्कृष्ट होस भन्नका लागि कृष्णपुर ०२ नं. वडा कार्यलयले प्रथम वडा अध्यक्ष फुटबल प्रतियोगिता २०८० आयोजना गर्न लागेको वडा अध्यक्ष अर्जुन सिह साउदले बताएका छन्।

प्रतियोगितामा प्रथम हुने टिमलाई नगद ७५ हजार सहित ट्रफी प्रमाणपत्र र दोस्रो हुने लाई नगद ४१ हजार सहित ट्रफी प्रमाणपत्र पुरस्कार दिईने वडा नं. २ का वडा सदस्य एवं कार्यक्रम संयोजक जित बहादुर चौधरीले बताएका छन्। प्रतियोगितामा कृष्णपुरका ९ वटै वडा बाट र छिमेकी पालिकाबाट समेत टिमले सहभागीता जनाउन सक्नेछन्।

Facebook Comments Box