दोमिल्लामा दोस्रो जिल्ला स्तरीय कराते प्रतियोगिता सुरु

कञ्चनपुर: कृष्णपुर नगरपालिका वडा नं. १ दोमिल्ला स्थित श्री बैजनाथ आधारभूत विद्यालयको प्राङ्गणमा आज शनिबार देखि नेपाल वोदोरियो कराते डो संघ को आयोजना मा दोस्रो जिल्ला स्तरीय नेपाल वोदोरियो कराते प्रतियोगिता २०८० सञ्चालन गरिएको छ।

कार्यक्रम नेपाल वोदोरियो कराते डो संघ का कञ्चनपुर जिल्ला अध्यक्ष गजेन्द्र बोहरा, प्रमुख अतिथि वडा नं. १ का अध्यक्ष मोहन बहादुर बस्नेत, कार्यपालिका सदस्य रत्ना देवि बोहरा, विद्यालय व्यवस्थापन समिती अध्यक्ष सागर भण्डारी, समाजसेवी सुनिल भण्डारी, घनश्याम साउद, निर्प बुढा, नेपाल वादोरियो कराते संघ डो सुदुर पश्चिम प्रदेश बरिष्ट सल्लाहकार एवं राष्ट्रिय रेफ्री दिपक बहादुर रोकाया, नेपाल सितोरियो कराते राष्ट्रिय संघ राष्ट्रिय रेफ्री हरिष भट्ट, नेपाल  वादोरियो कराते डो संघ सुदुरपश्चिम प्रदेश बरिष्ठ प्रमुख प्रशिक्षक जित बहादुर पौडेल, प्रशिक्षक गजेन्द्र लुहार, शेखर वि.क, आशिष् भट्ट, हरिलाल भट्ट लगायतको उपस्तिथि रहेको थियो।

प्रतियोगितामा ५ टिमले सहभागीता जनाएको र प्रथम हुने टिमलाई ट्रफी, मेडल र प्रमाणपत्र दिईने आयोजक समुहले जनाएको छ।

 

Facebook Comments Box