कञ्चनपुर: कृष्णपुर नगरपालिका ०१ पहरिया र दोमिल्ला सुन्दरीफाटा जोड्ने पक्की पुल विगत ८ बर्षदेखी अलपत्र अधुरो अवस्थामै रहेको छ। वेला वेलामा मिडिया खुब भाईरल हुने यो पुल मिडियाले जति हाईलाईटमा राख्दा पनि कुनै असर देखिदैन; हाम्रो बुझाईमा पुल नबन्नुको कारण ठेकेदार भएतापनी खास कारण आज हामी खुलासा गर्दैछौं। खासमा पुल नबन्नुको कारण बजेट अभाव र सरकारको कमजोरी देखिएको छ।
विनियोजित बजेत कागजमा मात्रै समित राखेर निर्माण व्यवसायी लाई काम गरेको रकम भुक्तानी समयमा नमिल्दा ठेकदारले काम गर्न नसकेको बताए। हामीले ठेकेदार लाई किन हो ढिलासुस्ती भनेर प्रश्न गर्दा हामीले काम गर्न खोज्छौ जनतालाई दुख दिने हाम्रो मानसिकता पनि होइन तर विगतमा कृष्णपुर ०१ मै निर्माण भएको खार खोलाको पुल निर्माण सम्पन्न भएको बर्षौ भैसक्यो तर हाल सम्म पनि सडक डिभिजन कार्यलयले भुक्तानी नदिएको दिनमा ल्याङल्याङ गरेको निर्माण व्यवसायी बताउछन्। अब ओदाल खोलाको अवस्थाको पनि त्यस्तै छ ‘कसरी काम गर्ने?’
यस विषयमा हामीले सडक डिभिजन कार्यलयका सुचना अधिकारी ईन्जिनियर तारानाथ सिग्देललाई सोध्यो उनले भुक्तानी गर्न बजेट अभाव रहेको स्वीकार गरेका छन्। लालझाडीको दोदा पुल नबन्नुको कारण पनि बजेट अभाव नै हो। कार्यलयका डि(प्रमुख) बजेट व्यवस्थापन कै लागि काठमाडौ गएको समेत अधिकारी सिग्देलले बताएका छन्। स्थानीय, प्रदेश र प्रतिनिधि सभाका जनप्रतिनिधि(नेता) हरु सामाजिक संजालमा फोटो सेसन बाहेक यथार्थ बुझेर काम गर्न र गराउन माहोल सृजना गरून्; सरोकारवालाको गम्भीर ध्यानाकर्षण होस्। हाम्रो थप फलोअप निरन्तर जारी रहिरहनेछ।