कृष्णपुर ०४ मा: सिलाई कटाई तालिम सञ्चालन हुँदै

कञ्चनपुर: कृष्णपुर नगरपालिका ०४ नं. वडा कार्यालयले महिलाहरुका लागि ३ महिने सिलाई कटाई तालिम सञ्चालन गर्ने भएको छ। एकल, कम्लहरी, अपांग, दलित द्वन्द पिडिति, अन्य महिलाहरूका लागि आत्मनिर्भर र क्षमता विकासका लागि तालिम सञ्चालन हुन लागेको वडा अध्यक्ष धर्म बहादुर सिहले बताएका छन्।

तालिममा सहभागी हुने ईच्छुक व्यक्तिहरुले ७ दिन भित्र वडा कार्यलयमा सम्पर्क राख्न र आवश्यक कागजपत्र जस्तै नेपाली नागरिकताको प्रतिलिपी १, पासपोर्ट साईज फोटो १, स्थायी खुल्ने प्रतिलीपि १ हुनुपर्न, उमेर १८ माथी ४५ मुनि हुनुपर्ने वडा कार्यालयले जनाएको छ। सुचना हेर्नुहोस

Facebook Comments Box