कञ्चनपुर: लालझाडी गाउँपालिका वडा नं. ०४ सिकलपट्टी जाई स्थित श्री बैजनाथ मा.वि प्राङ्गणमा पुस १८ गते देखि आयोजित पाचौं पालिका स्तरीय १४ औ राष्ट्रपति रनिङ सिल्ड छनौट प्रतियोगिता २०८० आज सम्पन्न भएको छ।
प्रतियोगिताको समापन समारोहमा सभाध्यक्ष गाउँ खेलकुद समिति संयोजक प्रकाश राना, प्रमुख अतिथी गाउँपालिका अध्यक्ष निर्मल राना, विशिष्ट अतिथिमा लालझाडी ०४ का वडा अध्यक्ष बहादुर राना, शिक्षा शाखा प्रमुख सिद्धराज भट्ट, बैजनाथ विद्यालय प्रधानाध्यापक गणेश राज जोशी, विभिन्न विद्यालय का अध्यक्ष प्रअ, शिक्षक शिक्षिका, सुरक्षाकर्मी, मिडियाकर्मी लगायत स्थानिय बासिन्दाहरुको उपस्तिथि रहेको थियो।
त्यस्तै ११ स्वर्ण, ९ रजत र ४ काश्य पदक प्राप्त सहित लालझाडी वडा नं. ०३ छोटी पर्सियाको सरस्वती मा.वि प्रथम; ११ स्वर्ण, ७ रजत र ७ काश्य पदक प्राप्त सहित लालझाडी ०४ को बैजनाथ मा.वि द्वितीय र ९ स्वर्ण ९ रजत र १४ काश्य सहित भानु मा.वि तृतीय भएको छ।
अब आगामी बर्ष हुने छैटौं पालिका स्तरीय राष्ट्रिय रनिङ सिल्ड प्रतियोगिता २०८१ स्वतन्त्र मा.वि पर्सियामा सञ्चालन गरिने भएको छ। प्रतियोगिता जिल्लामै आफ्नो पालिकाले अरुभन्दा अगावै समापन गरेको, कार्यक्रम भब्य रुपमा सम्पन्न भएकोमा आफु निकै खुशी भएको र पालिका खेलकुद र खेलाडीका लागि आवश्यक सहयोग गर्न सदैव तयार रहेको गाउँपालिका अध्यक्ष निर्मल रानाले बताएका छ्न्। कार्यक्रम उद्घोषण चन्दर रानाले गरेका थिए।
