कञ्चनपुर: आज जेष्ठ नागरिक र अपाङ्ग वडाबासी हरुलाई सम्मान र माया सहित कृष्णपुर ०२ नं. वडा कार्यालयद्वारा ८० बर्ष माथिका जेष्ठ नागरिक र पुर्ण रुपमा {क वर्ग} पुर्ण अपाङ्ग १ सय ४० जना वडाबासीहरुलाई चिसो बाट जोगिन न्यानो कपडा वितरण गरिएको छ।
त्यस्तै कृष्णपुर वडा नं. ७ कार्यालय द्वारा ८० बर्ष भन्दा माथीका जेष्ठ नागरिकहरू ,पुर्ण अपाङ्ग र अति अशक्त अपाङ्गहरुलाई सम्मान कार्यक्रम सहित चिसोबाट जोगिन न्यानो कपडा ‘कम्मल’ वितरण गरेको छ। कार्यक्रममा नगर उप-प्रमुख द्रोपती राना को समेत उपस्थिति रहेको थियो।
यो वडा कार्यलयको पहिलो प्रयास रहेको र आगामी बर्षहरुमा ज्याकेट, सुईटर दिने साथै जेष्ठ नागरिकले गाउँठाउँ बनाउनमा योगदान रहेकाले उहाँहरुलाई एउटा सम्मान स्वरुप वडा कार्यालयको तर्फबाट अभिभावक्तत्व रुपमा सम्मान गरेको कृष्णपुर ०२ नं. वडा का वडा अध्यक्ष अर्जुन सिह साउदले बताएका छन्।