कञ्चनपुर: कृष्णपुर नगरपालिका वडा नं. ०२ वाणी कञ्चनपुरमा रहेको श्री वाणी खानेपानी उपभोक्ता तथा सरसफाई समितीको नियमित तेस्रो बार्षिक साधारण सभा सम्पन्न भएको छ।
खानेपानी समितिका अध्यक्ष गगन भारतीको सभा अध्यक्षतामा सुरु भएको कार्यक्रममा कृष्णपुर नगरपालिका मेयर प्रमुख अतिथी रहेका थिए; विशिष्ट अतिथिमा कृष्णपुर ०२ का वडा अध्यक्ष अर्जुन सिह साउद, भुमी आयोग कञ्चनपुरका सदस्य दिल बहादुर देउवा, कार्यपालिका सदस्य सावित्री भारती, वडा सदस्य राजेन्द्र बहादुर सिह, समाजसेवी रमेश राज भाट, अमरजङ शाही, जय बहादुर महता, प्रकाश नाथ योगी, गोपाल भारती, दान बहादुर ऐडी मनोज भट्ट लगायतको उपस्थिति रहेको थियो।
साधारण सभा कार्यक्रममा समितिका सदस्य दान बहादुर महता, समितिका सचिव केशव नाथले आ.व २०७९/८० को आय व्यय(२१०५०१६) विवरणका साथै अनुमानित आय व्यय(४०,५७,६०१) विवरण प्रस्तुत गरेका थिए। त्यस्तै समितिका अध्यक्ष गगन भारतीले कार्यक्रममा प्रगती विवरण प्रस्तुत गरेका थिए।
हाल कृष्णपुरमा बजेट अभाव रहेको र आगामी दिनमा वाणी खानेपानी लाई नगरपालिकाले आवश्यक सहयोग गर्ने कार्यक्रमका प्रमुख अतिथी कृष्णपुरका नगर प्रमुख हेम राज ओझाले बताएका छन् भने कार्यक्रमको उद्घोषण जित बहादुर चौधरीले गरेका थिए।