कृष्णपुरमा नगरस्तरीय ‘राष्ट्रपति रनिङ्ग सिल्ड’ सुरु;परराष्ट्र मन्त्री साउँदद्वारा उद्घाटन

कृष्णपुर: कृष्णपुर नगरपालिका वडा नं. ०४ स्थित कृष्ण मा.वि गुलरियामा नगर स्तरीय १४ औ राष्ट्रपति रनिङ सिल्ड छनौट प्रतियोगिता २०८० सुरु भएको छ। कार्यक्रम नेपाल सरकारका परराष्ट्र मन्त्री एन पी साउदको प्रमुख आतिथ्यमा समुद्घाटन गरिएको छ।

प्रतियोगितामा १३ सामुदायिक र १२ सस्थागत गरि कृष्णपुर का जम्मा २५ विद्यालय सहभागी रहेका थिए। आजको उद्घाटन खेलमा १५०० मिटर छात्र तर्फको दौड प्रतियोगितामा समैजी मा.वि का विक्रम वि.क(४:४२ मिनेट) र १५०० मिटर छात्रा तर्फको दौड प्रतियोगिता सरस्वती मा.वि कि बसन्ती ऐर(६:१९ मिनेट) प्रथम भएका छन्।

कार्यक्रममा प्रदेश सभा सदस्य गिता चौधरी, जिल्ला प्रशासन कार्यालय प्रमुख गोपाल कुमार अधिकारी, उप- नगर प्रमुख द्रोपती राना, वडा नं. १ देखि ९ सम्मका वडा अध्यक्षहरु, ईप्रका झलारी प्रमुख, ईप्रका गुलरिया प्रमुख लगायत टिम, विभिन्न विद्यालयका प्रअ तथा शिक्षक शिक्षका हरु र जिल्ला खेलकुद समिती कञ्चनपुरका अध्यक्ष कुबेर खडका लगायत को उपस्थिति रहेको थियो। कार्यक्रम कृष्णपुरका मेयर हेम राज ओझाको सभा अध्यक्षता मा सुरु भएको थियो भने प्रतियोगिता आउदो पुस २६ गते सम्म कृष्णपुर ०४ स्थित कृष्ण मा.वि प्राङ्गण गुलरिया मा सञ्चालन हुने छ। यस बर्षको कञ्चनपुर जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता समेत कृष्णपुर मै हुनेछ।

Facebook Comments Box