गुलरियाको एक कपडा पसलमा भीषण आगलागी

कञ्चनपुर: कृष्णपुर नगरपालिका वडा नं. ५ गुलरिया बजार स्थित सपना फेन्सीमा आज भीषण आगलागी भएको छ। विद्युतको तार सर्ट भई पुरै घरमा आगलागी भएको साथै कपडा पसलमा रहेका पुरै कपडा लगायतका सामान जलेर नष्ट भएको कृष्णपुर ०५ का वडा अध्यक्ष टेक पाण्डेयले बताएका छन्।

अहिले दमकल र स्थानियहरुको सहयोगमा आगलागी नियन्त्रणमा आएको अध्यक्ष पाण्डेयले बताएका छन् भने क्षतिको यकिन विवरण आउन भने बाकी रहेको छ।

Facebook Comments Box