कञ्चनपुर: नेपाल रेडक्रस सोसाइटी कृष्णपुर उप शाखा २०६६ सालमा स्थापन भएको हो। कृष्णपुर उप शाखा को कार्यालय कृष्णपुर ०२ वाणी मा रहेको छ। रेडक्रस कृष्णपुर उप-शाखा मार्फत कृष्णपुर वडा नं. १,२,३; लालझाडी ४,५ र शुक्लाफाटा १२ का स्थानीयहरु लाभान्वित रहेका छन्।
संस्थापक सभापति राम नाथ योगीको सभापतित्वमा सुरु भएको संस्थामा तत्कालीन कोषाध्यक्ष लक्ष्मण बहादुर कार्की अहिले सभापति रहेका छन् तर उनी सभापति भएको एक बर्ष भयो; एक बर्षदेखी रेडक्रस कृष्णपुरको एम्बुलेन्स थन्किएको छ; प्रयोगविहिन अवस्थामा रहेको छ। एम्बुलेन्स प्रयोग विहिन हुनुको कारण मर्मत अभाव, गाडीको नविकरण नगरिएको विमा नविकरण नगरिएको एम्बुलेन्स चालक वीर सिह रावल बताउछन्।
रेडक्रसको एम्बुलेन्स किन थन्कियो भन्ने हाम्रो प्रश्नमा: सभापति कार्की भन्छन् ; रकम अभाव, हामीसंग आवश्यक रकम छैन; एम्बुलेन्स मर्मत गर्ने रेडक्रस संस्थाको एम्बुलेन्स नविकरण गर्न रकम अभाव छ; ४ देखि ५ लाख सम्म लागत लाग्ने देखिन्छ: हामी संग जम्मा जम्मी १ लाख जति छ त्यतिले अपुग हुने भएकाले एम्बुलेन्स प्रयोगविहिन रहेको हो; स्थानीय सरकारलाई सहयोग गर्नुपर्यो भन्यौ सकिन्न भन्यो; बरु एम्बुलेन्स नगरपालिकालाई दिनुस हामी चलाउछौ भन्यो अब पुस २८ गते हाम्रो सभा छ त्यहाबाट के गर्ने कसो गर्ने निर्णय गर्छौ।
रेडक्रस उप शाखा कृष्णपुरको एम्बुलेन्स २०७० सालमा भारतिय दूतावास को निशुल्क सहयोगमा प्राप्त एम्बुलेन्स रहेको; पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाका स्वकीय सचिब तथा कृष्णपुर ०२ कै स्थानिय भानु देउवा र नेपाल रेडक्रस सोसाईटी तत्कालीन बैजनाथ उपशाखा हालको कृष्णपुर उप-शाखाका सभापति राम नाथ योगीको विशेष पहलमा एम्बुलेन्स ल्याईएको जानकारहरु बताउँछन्।
उक्त एम्बुलेन्सले कंचनपुरको ९ वटै पालिका; चुरे, पर्शुराम लगायत का क्षेत्रहरुमा सेवा दिदै आएको थियो। अहिले थन्किएको छ।
एम्बुलेन्स नबन्ने भएपछि एम्बुलेन्स चालक रावल अर्को एम्बुलेन्स लिएर गुजार गरिरहेका छन। उनी भन्छन् ” मैले सुरुवात एम्बुलेन्समा सेवा दिएको कृष्णपुर रेडक्रस कै एम्बुलेन्स हो १० बर्ष सेवा दिए तर विगत एक बर्ष देखि सरोकारवालाले नबनाउने देखिएपछी आफ्नो परिवार पाल्न अर्को एम्बुलेन्समा काम गरिरहेको छु। पुन: मर्मत गरियो भने काम गर्छु।
अहिले एम्बुलेन्स थन्किदा कृष्णपुर १,२,३ का स्थानीयहरु लाई असहज भएको छ। त्यस्तै व्यापक जनगुनासो भएको समस्या भन्दै कृष्णपुर ०२ नं. वडा कार्यालयले समेत ध्यानाकर्षण पत्र जारी गरेको छ। एम्बुलेन्स संचालनमा किन नआएको ल्याउनुस आवश्यक सहयोग गर्ने वडा कार्यालय तयार रहेको पत्रमा उल्लेख छ।
यस विषयमा कृष्णपुर ०२ का वडा अध्यक्ष अर्जुन सिह साउँद भन्छन्” हामीलाई व्यापाक जनगुनासो आयो सरोकारवालाहरुलाई बारम्बार फोन सम्पर्क गर्दा लागेन अनि पत्र जारी गर्यौ; हामीलाई निकै चासो र चिन्ता छ; रेडक्रस उप शाखाको आय व्याय समेत पारदर्शिता छैन, मनोमानी छ; आजिवन सदस्य आफ्ना नातागोता, निकटलाई वितरण गरिएको छ। हामी संगै कुनै समन्वय छैन; जसलाई सदस्यताको आवश्यक छ उनिहरुले पाएका छैनन; केही सिमित व्यक्तिको कमाई खाने माध्यम बनेको छ; सार्वजनिक संस्था यसमा हाम्रो गम्भीर ध्यानाकर्षण छ।
रेडक्रस उप-शाखा कृष्णपुरले निर्माणाधिन भवन प्रयोगमा ल्याउन नसक्दा हाल उक्त भवन कृष्णपुर नगरपालिका र वडा कार्यालयको मातहतमा रहने पशु शाखा केन्द्र सञ्चालन गरिने भनिएको छ तर हालसम्म पनि न त उक्त भवन रेडक्रस न त पशु शाखा केन्द्र कै प्रयोगमा छ भवन समेत प्रयोग विहिन हुदा भवन झनै जिर्ण बन्दै गएको स्थानीयहरु बताउछन्।